कांग्रेस विधान मस्यौदा समितिको बैठक बस्दै

By purnakhabar

October 23, 2018

६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको विधान संशोधनका लागि गठित विधान मस्यौदा समितिको बैठक मंगलबार दिउँसो बस्दैछ ।

बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा एक बजे बस्न लागेको मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले अनलाइनखबरलाई जानकारी दिए ।

अनौपचारिक छलफल भने असोज तीन गतेदेखि नै शुरु भएको खड्काले बताए । निर्वाचनमा टिकट वितरण प्रक्रियालाई विधानमार्फत व्यवस्थित गर्ने, सभापतिको अधिकार क्षेत्र लगायतका विषयमा सहमति जुट्न सकेको छैन ।

खड्का भन्छन्, ‘छलफल समग्र विषयमै भइरहेको छ, सकेसम्म छिटो सबै विषयमा सहमति जुटाउँछौं ।’

पार्टीको संगठनात्मक पुनर्संरचना गर्न, संघीय संरचना अनुसारको बनाउनका लागि विधान परिमार्जन गर्न गत भदौ पहिलो साता विधान मस्यौदा समिति गठन भएको थियो ।

अनलाइन खबरबाट