Banner News

दाङमा फेरी डरलाग्दो घटना: काठको ठुटो खुट्टामा वारपार भयो

By admin

October 22, 2018

कात्तिक ४, दाङ । दाङमा अर्काे दर्दनाक घटना घटेकाे छ । बाख्रालाई घाँस काट्ने क्रममा आँपको रुखबाट खसेर जिङटको ठुटोमा पर्दा तुलसीपुर ९ चुलेसे निवासी रामप्रसाद खराल गम्भिर घाईते भएका छन् । बिहान ९ बजे जिङटको ठुटोले दाहिने खुट्टा वारपार छेडेको छ ।

वारपार छेडेको ठुटोलाई काटेर राप्ती अंचल अस्पताल तुलसीपुरमा ल्याएपनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको आफन्तले बताएका छन् । ठुटो निकाल्नका लागि नर्सिङ होममा केहिबेरमा अप्रेसन गर्ने तयारी रहेको उपचार गराउन गएका आफन्त शालिक कडेलले जानकारी दिए ।

केहि दिन अघि मात्रै घोराही उपमहानगरपालिका १५ शहीद उमेशमार्गमा फलामको छडले एक महिलाकाे शरिर वारपार छेडेकाे थियाे ।

जटिल प्रकृतिको उपचार दाङमा नहुँदा यहाँका हजारौ सर्वसाधरणले निकै दुःख झेल्नु परेको छ । ‘विज्ञापनमा सुन्दा अस्पतालले सबै प्रकारको उपचार सेवा गछौ भन्दै फलाक्छन,’ तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले भने ‘तर खुट्टामा ठुटो बिजेको निकाल्न सक्दैनन् ।’

दाङमा राम्रो अस्पताल नहुँदा यहाँका जनताले उपचारकै लागि ठूलो आर्थिक भार र समय खर्चिनु परेको अध्यक्ष घर्तीले बताए ।

Source link