मिटरमा हिँड्न नमान्ने १२८ ट्याक्सीमाथि एकैदिन कारबाही

By purnakhabar

October 18, 2018

१ कात्तिक, काठमाडौँ । महानगरीय ट्राफिक महाशाखाले यात्रुसँग बढी भाडा लिनका लागि मिटरमा जान नमान्ने १ सय २८ जनालार्इ कारबाही गरेको छ ।

महाशाखाका अनुसार कारबाहीमा पर्नेमा फ्लोरिसेन्ट ज्याकेट नलगाउने चालक पनि छन् । महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले दिएको जानकारी अनुसार बिहीबार दिनभरको अवधिमा उनीहरू कारबाहीमा परेका हुन् ।

उनका अनुसार उपत्यकाका बिभिन्न स्थानमा गरिएको चेकजाँचको क्रममा जम्मा ३ सय ८६ जना चालकहरु कारबाहीमा परेका छन् ।

यो पनि पढ्नुहोस दशैंको दिन मिटरमा ट्याक्सी नकुदाए कारबाही

जसमध्ये मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने १८ जना चालकहरु छन् भने तोकिएको भाडाभन्दा बढी रकम लिने एउटा टाटा सुमोलाई कारवाही गरिएको छ ।

अन्य कसुरमा २ सय ३९ जना चालकहरुलाई कारवाही गरिएको छ ।‍

अनलाइन खबरबाट