Banner News

रुकुममा बस दुर्घटना हुँदा ९ बर्षीय बालकको मृत्यु, दुई घाइते

By admin

October 16, 2018

असोज ३०, रूकुम पश्चिम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ सल्लेमा बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।

सल्लेबाट धुनका लागि मुलखोला आउँदै गरेको बा ३ ख ७४६१ नम्बरको बस दुर्घटना हुँदा सल्लेका ९ वर्षीय प्रयास बिसीको मृत्यु भएको हो।

बिसीको उपचारको क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्। घाइते हुनेमा सल्लेका ८ वर्षीय जेनिस बिसी र बस चालक रहेका छन्।

जेनिसको अवस्था गम्भीर छ भने गाडि चालकको पहिचान हुन नसकेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।

सल्लेमा रहेको बसपार्कबाट धुनका लागि मुलखोला जाँदै गरेको बस नियन्त्रण गुमाएर सडक भन्दा झण्डै डेढ सय मिटर तल खसेको छ । बसले सडकमा खेलिरहेका प्रयास र जेनिसलाई ठक्कर दिएको प्रहरीको भनाइ छ ।

Source link