रामेछापमा बस दुर्घटना हुँदा एकको मृत्यु, १० गम्भीर

By purnakhabar

October 16, 2018

३० असोज, रामेछाप । काठमाडाैंबाट रामेछापको खाँडादेवी गाउँपालिकाको गाल्वातर्फ आउँदै गरेको बस मंगलबार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बा३ख ४६७५ को बस खाँडादेवी गाउँपालिका-३ भिरपानीको सार्की पँधेरोमा दुर्घटना हुँदा १३ वर्षीया बालिकाको मृत्यु भएको हो ।

मृतकको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए ।

दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइते मध्ये १० जनको अवस्था गम्भीर रहेको बताइएको छ ।

विपरीत दिशाबाट आएको बसलाई साइड दिनेक्रममा बस सडकबाट करिब ४० मिटर तल खसेको छ । घाइतेहरुलाई उपचारको लागि अस्पताल पठाइएको छ ।

अनलाइन खबरबाट