Uncategorized

अमेरिकामा खेलकुद र नाचगानसहित दशैंलार्इ स्वागत

टेक्सास / टेक्सासको ड्यालासमा नेपाली युवाहरुले फरक शैलीमा दशै मनाएका छन् । नेप स्टार अफ डिएफडब्लुको औपचारिक उद्घाटनको अवसरमा युवाहरुले भलिबल प्रतियोगिता तथा नाचागान गरेर दशैंलाई स्वागत गरेका छन् ।
नेपालको बिभिन्न जिल्लाबाट आई ड्यालासमा बसोबास गर्ने खेल प्रेमी युवाहरुको सकृयतामा खोलिएको क्लब नेप स्टार अफ डिएफडब्लुको आइतबार एक भब्य कार्यक्रमका बीच औपचारिक उद्घाटन गरिएको हो ।
शनिबार बिभिन्न ९ वटा समूह बीच भलिबल प्रतियोगिता भएको थियो  । आइतबार बिजयीहरुलार्ई पुरस्कार बितरण तथा बिभिन्न चर्चित कलाकारहरुको प्रस्तुती सहितका कार्यक्रमहरु राखिएको थियो । शनिबार भएको भलिबल प्रतियोगितामा नेपालका चर्चित भलिबल खेलाडि कैलाश भट्ट, सिपोरा गुरुङ्ग लगायतको रेफ्रिमा खेल सम्पन्न भएको थियो ।
आइतबार भएको औपचारिक कार्यक्रम क्लबको अध्यक्ष नारायण क्षेत्रीको सभापतित्व र एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष सुनिल शाहको प्रमुख आतिथ्यता तथा साईबर सेक्युरेटी बिज्ञ बिजय कार्की, नेपालका अन्तर्राष्ट्रिय खेलाडी कैलाश भट्ट, सिपोरा गुरुङ्ग, चर्चित कलाकार नारायण त्रिपाठी, भीम चापागाई, नेजाका उपाध्यक्ष बिकास न्यौपाने लगायतको बिशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रथम हुने नेपस्टार ब्लुले १५ सय डलरसहित मेडल प्राप्त गरेको थियो भने दोश्रो हुने भुपु नेपाली टिमले नगद ८०० सय सहित मेडल प्राप्त गरेको थियो ।
पुरस्कार बितरण कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष सुनिल साहले अमेरिकामा आएर पनि भलिबल प्रतियोगितालगायतका कार्यक्रम गरेर दशै मनाउने कार्य गरेकोमा आयोजक क्लबको प्रशंसा गरेका थिए ।
एनआरएन अमेरिका युवाहरुले शुरु गरेको यस संस्थासँग हातेमालो गर्दै अगाडि बढ्ने समेत बताए ।
त्यस्तै नेपालका चर्चित खेलाडी कैलाश भट्टले आफू बाध्यतावस अमेरिकामा आए पनि नेपाली खेलकुद र अमेरिकामा आएका युवाहरुले गर्ने भलिबल खेललाई सदैव माया गर्ने बताए । भट्टले आफुहरु जंहा रहे पनि नेपाली खेलकुद क्षेत्रले बिकास गरेको हेर्न चाहेको बताए ।
कार्यक्रममा बोल्दै नब गठित क्लबका अध्यक्ष नारायण क्षेत्रीले आफूहरु समुदायमा अर्को कुनै नयां संस्थाको रुपमा संख्या थप्न मात्र नभई केहि नया काम गर्दै समाजलाई थप मजबुत बनाउने महान् उद्धेश्यका साथ क्लब सुरु गरेको बताए ।
क्षेत्रीका अनुसार क्लबले समाजको हितका लागि बिभिन्न कार्यक्रमहरु गर्दै अगाडि बड्ने योजना लिएको छ ।
कार्यक्रममा नेपालबाट अमेरिकामा आएका बृद्ध देखि बयस्क बालक सबै नेपाली पञ्चेबाजामा रमाएका देखिन्थे । नेप स्टार डिएफ डब्लु क्लबले स्थापना गर्दा नै दुई सय भन्दा धेरै साधारण सदस्य लिएर स्थापना भएको जनाइएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *