टिपर चालकको शव भेटियो

By purnakhabar

October 15, 2018

२९ असोज, सप्तरी । सिरहाको धनगढीमाई नगरपालिकामा एक जना टिपर चालकको हत्या भएको छ । हत्या गरिएको अवस्थामा उनको शव सोमबार दिउँसो भेटिएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनगढीमाई नगरपालिका-७ स्थित कसहा छेउमा धनगढीमाई नगरपालिका-९ निवासी १९ वर्षीय जिलास यादवको शव भेटिएको छ ।

जिलासको आइतबार राति नै हत्या भएको आशंका गरिएको छ । हत्या कसले गरेको हो ? भन्ने खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

अनलाइन खबरबाट