तिनाउ नदीमा डुवेर बालकको मृत्यु

By purnakhabar

October 14, 2018

२८ असोज, बुटवल । पौडी खेल्ने क्रममा तिनाउ नदीमा डुवेर आइतबार दिउँसो एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका ४ बस्ने १० वर्षका रेडिन थापा रहेका छन् ।

साथीहरुसँग खेल्न निस्किएका रेडिन तिलोत्तमा ४ डिङ्गरनगर स्थित तिनाउ नदीमा डुबिरहेको अवस्थामा स्थानीयहरुले उद्धार गरी उपचारका लागि बुटवल स्थित चौराह अस्पत्तालमा लगेकोमा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएका थिए ।

रेडिन बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयमा अध्ययनरत थिए । मृतक रेडिनका वाबु सोही विद्यालयका सहायक प्रधानाध्यापक छन् ।

मृतकको शव अहिले चौराह अस्पतालमै रहेको र घटनाको वारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अनलाइन खबरबाट