२८ असोज, काठमाडौं । मानव तस्करले खाडी देशमा घरेलु कामदारको रुपमा पठाउन लागेका आठ नेपाली महिलाको नयाँदिल्लीबाट उद्धार गरिएको छ ।
उनीहरूलाई पहाडगंजस्थित होटल ओमेक्स डिलक्सबाट उद्धार गरिएको दिल्ली महिला आयोगले जनाएको छ ।
पाँच जनालाई इरान र तीन जनालाई कुवेत पठाउन लागिएको बताइएको छ । उनीहरू १९ देखि ३७ वर्षका हुन् । मानव तस्करले उनीहरूलाई बस र ट्रेनबाट त्यहाँ पु¥याइएकका थिए ।
गत साउनमा पहाडगञ्जबाट ३९, मुनिरका र मैदानगढीबाट १६/१६ गरी ७१ नेपाली महिलाको उद्धार गरिएको थियो ।

घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा जान रोक लागेपछि भारत, श्रीलंकालगायतबाट विदेशिने क्रम बढेको छ । उनीहरूलाई निजी घर र होटल लगेर राखिएको जानकारहरू बताउँछन् ।
यो पनि पढ्नुहोस्
दिल्लीबाट फर्काइएका चेली भन्छन्– विदेश जान पाऊ
मानव तस्करीः सरकार ठूलै दुर्घटना पर्खेर बसेको हो ?



