Banner News

सरकारले वार्ताको हौवा पिटेर दमनको तयारी गर्दैछ: चन्द

By admin

October 13, 2018

असोज २७, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य एवम् लुम्बिनी ब्युरो ईन्चार्ज चन्द्र बहादुर चन्द विरजँगले सरकारले वार्ताको हौवा पिटेर अाफ्नो पार्टीका नेता कार्यकर्ता माथि राज्यले दमनको तयारी गरिरहेका बताएका छन ।

नेपाल कम्युनिस्ट पार्टी निकट युवा सँगठन योङ रेड फोर्स नेपाल नवलपुरको प्रथम जिल्ला सम्मेलनको शनिबार नवलपुरको उदघाटन सत्रमा बोल्दै नेता चन्दले जनताका जायज माग उठाउदा राज्यले दमन गर्नु दुखद रहेको बताए ।

सरकारले दिनदिनै हत्या, हिँसा, बलत्कार जस्ता गम्भीर घटना घटिरहदा समेत राज्य निरिह बनेर बस्नुले सँसदिय व्यवस्था प्रति जनताको अाक्रोस बढदै गएको नेता चन्दको टिप्पणी थियोे ।

राज्यका केही निकायँमा भष्ट्रचार बढदै गएको र स्थानीय निकायको अनियमितता र भष्ट्रचारले जनता अाक्रान्त बन्दै गएकोले युवाहरु राज्यको गलत रबैया र भष्ट्रचार बिरुद्ध एकजुट भएर लाग्न अनुरोध गर्नुभएको छ ।

सरकारले बढाएको कर प्रति नेता चन्दले केन्द्र,प्रदेश र स्थानीय सरकारका दलाल र माफियाहरु लाई मोजमस्तिका लागि कर बढाईएको हो भन्दै यो कर प्रणालीले कुनै विकास र समृद्धि नहुने उहाको भनाइ थियोे ।

कार्यक्रम नेकपाका नवलपुर ईन्चार्ज पदम केशि जुझारु,नवलपरासी ईन्चार्ज सुमन ज्ञवाली,रेड फोर्सका केन्द्रीय सदस्य गौरव पाण्डे लगाएतले बोलेका थिए । शनिबारै सम्पन्न सम्मेलनले बेल बहादुर सारु को अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । फोर्सको उपाध्यक्षमा अर्जुन थगुन्ना, सचिव किशोर कुवंर,कोषाध्यक्ष,लक्ष्मी परियार लगाएत रहेका छन ।

Source link