सिन्धुली दुर्घटनाका घाइते भन्छन् : मोटरसाइकल जोगाउन खोज्दा चालकले ज्यान गुमाए

By purnakhabar

October 12, 2018

२६, असोज, काभ्रे । सिन्धुलीको सुनकोशी गाउँपालिका ५ मूलकोटमा बस खस्दा ३ जनाको मृत्यु भएको छ ।

सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना ६ ख ९१२ नम्बरको बस सडकबाट ५ सय मिटर तल सुनकोशी नदीमा खस्दा एक जनाको घटनास्थलमा नै अरु २ जनाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

४ जना घाइतेको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सिन्धुली मरिण गाउँपालिकाका आशिष लामा, सिन्धुपाल्चोक वलेफीका रोहन पराजुली, गोरखा आरुघाटका हरि दाहाल र रामेछाप खांडादेवीका दीर्घराज मोक्तानको धुलिखेलमा उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस सिन्धुलीमा बस खस्दा ३ जनाको मृत्यु, ४ जना घाइते

घाइतेहरुले दुर्घटनाको कारण चालक भन्दा पनि काठमाडौबाट पूर्व जादै गरेको एउटा मोटरसाइकल दोषी रहेको बताएका छन् ।

धुलिखेल अस्पतालमा उपचार गराइरहेका घाइते, आशिष लामाले भने, ‘डाइभरले उताबाट बाइक आएपछि उसलाई जोगाउन अलि जोखिम मोले, बाइकको गति धेरै नै थियो, पछि हामी सुनकोशीमा खसेछौं उसलाई जोगाउदा चालक आफैं रहेनन् ।’

दुर्घटनामा बस चालक सिन्धुली मरिण गाउँपालिका ७ का २८ वर्षका राजकुमार लामाको पनि मृत्यु भएको छ । उनको धुलिखेलमा उपचारका क्रममा मृत्यु भएको हो । ुबाटोमा हामीले दुर्घटना र बाटो साँघुरोको कुरा गर्दै गएका थियौं’ लामाले भने, ‘हामीले नयाँ जुनी पायौं ।’

अनलाइन खबरबाट