सुन भनी झुक्याएर पहेँलो धातु २१ लाखमा बेच्ने दुईजना पक्राउ

By purnakhabar

October 11, 2018

२५ असोज, बुटवल । नक्कली वस्तुलाई सुन भनेर झुक्याइ बेच्ने दुई जना पक्राउ परेका छन् ।

रुपन्देहीको देहदह नगरपालिका १० रम्भादेवी टोल बस्ने २७ वर्षका राजु परियार र नवलपरासी पाल्हीनन्दन गाउँपालिका ६ का ३० वर्षका अब्दुल पखिया पक्राउ परेका हुन् ।

उनीहरुले रुकुम त्रिवेणी गाउँपालिका ६ घर भई दाङ तुल्सीपुर बस्ने २३ वर्षका नरहरि घर्तीलाई बुटवल फूलबारी नजिकै असोज २२ गते साँझपख भेटेर पहेंलो जलप लगाइएको धातुको ढिक्कालाई सुन भनेर झुक्याई २१ लाख २५ हजार रुपैयाँमा बेचेर भागेका थिए ।

पछि उक्त वस्तु सुन नभएको थाहा भएपछि घर्तीले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । सोही आधारमा खोजतलास गर्दा परियार र पखिया पक्राउ परेका हुन् उनीहरुबाट २१ लाख मध्ये १२ लाख रुपैयाँ नगद,नक्कली सुनको ढिक्का एक थान र २ थान मोबाइल बरामद भएको छ ।

पक्राउ दुबैजनालाई इलाका प्रहरी कार्यालय बुटवलले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

अनलाइन खबरबाट