Banner News

दशैको सम्झनामा

By admin

October 10, 2018

चाडबाडमा छोरो नआउँदा दुखी नहुनुस है आमा | घर अगाडिको चौतारिमा बसी बर्बर आशु नझार्नुस है आमा ||

मेरा दमलिहरु गाउमै देख्दा सम्झी कती रोउलि | छोरो आउछ पक्कै आश नमार्नुस है आमा ||

साहुको कर्जा नतिरी घर आउनै सकिन | यो पटक मेरो लागि कुनै भाकल नगर्नुस है आमा ||

साथीसंगी पिङ्ग हाले होला घर अघिको बरमा | मलाई सम्झी पछ्यौरी ले आशु नपुच्नुस है आमा ||

चुहियको खरको छानो फाल्ने गरि आउछु | पारिवारिक चिन्ताले मन नभर्नुस है आमा ||

औषधी गर्नु अलिकति पैसा पठाछु चिन्ता लिनु पर्दैन मेरो | स्वास्थ्य को ख्याल अनि मुख पनि बार्नुस है आमा ||

Source link