काठमाडौं ७ बाट हामीले हार्ने गरी चुनाव हुँदैनः प्रचण्ड

By purnakhabar

October 10, 2018

२४ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले काठमाडौं क्षेत्र नं. ७ बाट वामदेव गौतमलाई उठाउने निर्णय पार्टीले नगरेको बताएका छन् ।

वामदेवका लागि सांसद रामवीर मानन्धरले राजीनामा दिने कुरा चलेको तर पार्टीले कुनै निर्णय नगरेको भन्दै अध्यक्ष प्रचण्डले पार्टीले हार्ने गरी चुनाव नहुने स्पष्ट पारे । ‘केही दिनदेखि काठमाडौं ७ को कुरा आइरहेको छ । म यत्ति भन्न चाहन्छु हामीले हार्ने गरी चुनाव हुँदैन ।’

बर्दिया १ बाट कांग्रेस नेता सञ्जय गौतमसँग पराजित भएका नेकपाका नेता गौतमका लागि काठमाडौं ७ का सांसद मानन्धरले मंगलबार नै राजीनामा दिने घोषणा गरिसकेका थिए । मानन्धरको राजीनामापछि उपनिर्वाचनमा गाैतमलार्इ उठाउने गरी नेकपाको सचिवालयमै कुरा चलेको थियो ।

यो पनि पढ्नुहोस वामदेवका लागि काठमाडौं ७ का सांसद रामवीर मानन्धरद्वारा राजीनामाको घोषणा

पाथीभरा सद्भावना दूत परिचयपत्र वितरण तथा दशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डल पाँच वर्षसम्म सरकार चल्न कुनै व्यवधान नभएको दावी गरे ।

अहिले केही छि क्क गर्ने वित्तिकै राजनीतिक स्थिरता आइहाल्छ कि भन्ने मनोविज्ञान रहेको भन्दै त्यस्तो नहुने अध्यक्ष प्रचण्डले बताए ।

कार्यक्रममा प्रचण्डले सरकारबाट अपेक्षा अनुसारको काम नभएको स्वीकार गरे । ‘अपेक्षा अनुसार काम हुन सकेको छैन । अहिले सरकारको समीक्षामा लागेका छौं ।’ प्रचण्डले भने ।

अनलाइन खबरबाट