बुद्ध एयर पब्लिक कम्पनीमा जाने, जनतालाई सेयर दिने योजना

By purnakhabar

October 10, 2018

२४ असोज, काठमाडौं । बुद्ध एयरले पब्लिक कम्पनीमा जाने घोषणा गरेको छ । उसले अन्तर्राष्ट्रिय उडानका लागि पब्लिक कम्पनीमा जाने गरी आफ्नो रणनीतिक योजना सार्वजनिक गरेको छ ।

बुद्ध तत्कालै आन्तरितर्फ पब्लिकमा भने जाने छैन । एटीआर जहाज चलाउन सुरू गरेको एक दशक पुगेको अवसरमा आयोजित कार्यक्रममा अबको ३ वर्षपछि अन्तर्राष्ट्रिय उडान थाल्ने बताएको छ । एयरलाइन्सका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले अब क्षेत्रीय उडानबाट अन्तर्राष्ट्रिय उडानमा जाँदा पब्लिकलाई पनि कम्पनीमा सहभागी गराइने बताए ।

‘सेयर पब्लिकलाई बाँडेर ३० प्रतिशत मात्रै हाम्रो सेयर राख्छौं,’ उनले भने,’आन्तरिक उडान भने प्राइभेट कम्पनीकै रुपमा चलाउँछौं ।’ यदि बुद्ध घोषणा अनुरुप पब्लिकमा गएर यो नै नेपालको पहिलो पब्लिक हवाई सेवा कम्पनी हुनेछ ।

बुद्धले अहिले आन्तरिकसँगै भारतको बनारससम्म उडान भरिरहेको छ । पोखरा विमानस्थलबाट चीनसहित विभिन्न अन्तर्राष्ट्रिय गन्तब्यमा उडान भर्ने योजना बुद्धको छ ।

अब पोखरामा पर्यटकको ठूलो चाप पर्ने भएकाले १० वर्षमा भित्रिने २५ लाख पर्यटकको ३० प्रतिशत हिस्सा बुद्धले नै बोक्ने दावी बस्नेतले गरे । उनले अब बुद्ध दुर्गम क्षत्रेमा केन्दि्रत नहुने पनि बताए । बुद्धसँग अहिले ६ वटा एटीआर ७२-५०० छन् । यस्तै ऊसँग ३ वटा एटीआर ४२-३२० र दुई वटा बीचक्राफ्ट १९००’डी’ विमान पनि छन् ।

अनलाइन खबरबाट