भीरबाट लडेर बनेपामा मृत्यु

By purnakhabar

October 10, 2018

२४ असोज, बनेपा । पनौती नगरपालिका–१० मा एक युवतीको भीरबाट लडेर मृत्यु भएको छ । घाँस काट्न गएकी सालिमटारकी ३५ वर्षीया तियुकी तामाङको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार हिजो दिउँसो घरबाट घाँस काट्न जङ्गल गएकी तामाङ बेलुका घर फर्केकि थिइनन् ।

घर नआएपछि खोजतलास गर्ने क्रममा बुधबार बिहान घरदेखि डेढ किलोमिटर टाढाको ठूलो भीर भन्ने ठाउँमा लडेर मृत्यु भएको अवस्थामा फेला पारिएको प्रहरीले जानकारी दिएको छ ।

अनलाइन खबरबाट