मालारानी महोसत्वको ब्यानर काठमाडौंमा अनावरण

By purnakhabar

October 10, 2018

२४ असोज, काठमाडौं । अर्घाखाँचीको मालारानी–४ स्थित श्री कालिका नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय खनमा आजदेखि मालारानी शैक्षिक तथा धार्मिक महोसत्व–२०७५ शुरु भएको छ ।

आयोजक समितिले काठमाडौंमा महोसत्वको ब्यानर अनावरण गरेको छ । नेकपाका नेता टोपबहादुर रायमाझी, नेपाल चिकित्स संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ र काठमाडौं संयोजक खिमप्रसाद घिमिरेले संयुक्त रुपमा ब्यानर अनावरण गरेका हुन् ।

महोत्सव आगामी असोज ३१ गतेसम्म चल्ने छ । प्रत्येक दिन विहान ७ बजेदेखि ८ बजेसम्म पुजन र ८ बजेदेखि पाठ प्रारम्भ, प्रत्येक दिन विहान १० बजेदेखि ४ बजेसम्म संगितमय तथा झाँकी, प्रत्येक साँझ आरती तथा १००८ दीप प्रज्वलन, प्रत्येक दिन राती ७ बजेदेखि ९ बजेसम्म भजन कृतन झाँकी र कलश यात्रा असोज २४ गते विहान १० बजे यज्ञ स्थलबाट प्रारम्भ गरिने आयोजकले जनाएको छ ।

भागवत कथा वाचक पण्डित नरेश नेपालको प्रमुख वाचकत्वका साथै शैक्षिक क्रान्तिका अभियन्ता ईश्वर शरण महाराजको संकल्पमा महोत्सव सञ्चालन हुने छ । महोत्सव तथा ज्ञान महायज्ञबाट प्राप्त दान राशि स्मार्ट विद्यालय सञ्चालनमा खर्च गरिने जनाइएको छ ।

अनलाइन खबरबाट