बलात्कार आरोपी १२ वर्षीय बालकलाई सुधारगृह पठाइयो

By purnakhabar

October 10, 2018

२४ असोज, काठमाडौं । ६ वर्षीया बालिका बलात्कारको आरोप लागेका १२ वर्षीय बालकलाई सुधार गृह पठाइएको छ । जिल्ला अदालत, पर्वतले मंगलबार पुर्पक्षका लागि सुधारगृह चलान गर्न आदेश दिएपछि उनलार्इ सुधार गृह पठाइएकाे हो

पर्वतको जलजला गाउँपालिका–३ का बालकमाथि गत असोज २ गते छिमेकमा डेरा गरी बस्ने छ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप पीडित परिवारले लगाएका थिए । पीडित बालिकाको मेडिकल रिर्पोटमा समेत बलात्कार भएको देखिएको छ । प्रहरीले जबर्जस्ती करणी मुद्दाअन्तर्गत उजुरी दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको आदेशपछि बालकलाई बाल सुधारगृह सराङ्कोट कास्की पठाइएको छ ।

 

अनलाइन खबरबाट