सुरू भयो बडादशैं

By purnakhabar

October 10, 2018

२४ असोज, काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन घरघरमा घटस्थापना गरिएको छ ।

शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ ।

हनुमानढोकास्थित दशैं घरमा पनि जमरा राखिएको छ । त्यसक्रममा गुरूजुको पल्टनले सलामी दिएको थियो ।

अनलाइन खबरबाट