२४ असोज, काठमाडौं । जिम्बाब्वेसँगको टी–ट्वान्टी सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिकाले जित हात पारेको छ ।
मंगलबार राति भएको खेलमा घरेलु टिम दक्षिण अफ्रिकाले जम्बिाब्वेलाई ३४ रनले पराजित गरेको हो । दक्षिण अफ्रिकाले दिएको १६१ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको जिम्बाब्वेले १७.२ ओभरमा सबै विकेटको क्षतिमा १२६ रन मात्रै बनाउन सक्यो ।
जिम्बाब्वेका लागि पिटर मोरले ४४, ब्रान्डन माभुटाले २८ र शेन विलियम्सले २१ रन बनाएपनि दक्षिण अफ्रिकाविरुछ पजत हात पार्ने भने सकेन ।
दक्षिण अफ्रिकाका लागि इम्रन ताहिरले ५ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६० रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेनले ५६ रन बनाए । त्यस्तै, डेभिड मिल्लरले ३९ र कप्तान फाफ् डु प्लेसिसले ३४ रन बनाए ।