Banner News

रोल्पामा १४ बर्षीय बालिका आफ्नै बाबुबाटै बलात्कृत

By admin

October 10, 2018

असोज २३, रोल्पा । रोल्पा नगरपालिकामा १४ वर्षीय एक बालिका आफ्नै बुवाबाट बलात्कृत भएको घटना बाहिर आएको छ ।

पीडितका अनुसार उनी आफ्नै बुवाबाट पटक पटक यौन शोषणमा परेकी थिइन । गत भदौमा आफ्नै बुवाले दुर्व्यवहार गर्न सुरु गरेपछि बालिका भागेर दाङ आफन्तकोमा गएकी थिइन।

बाबुले बलात्कार गरेको कसैलाई भनेमा मार्छु भनेका कारण चुप लागेकी उनले दाङ पुगेर आफन्तलाई सबै कुरा भनेपछि घटना बाहिर आएको हो ।

सानिमा मार्फत न्यायका लागि आइतवार रोल्पा सदरमुकाम लिवाङ आएकी उनलाई रोल्पाका महिला अधिकारकर्मीको सहयोगमा सोमवार प्रहरीकोमा पु-याइएको थियो ।

छोरी बलात्कारको आरोप लागेका ४३ वर्षीय बुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘भदौको घटना रहेछ । आरोपीलाई पक्राउ गरेर घटनाको बारेमा अनुसन्धान भइरहेको छ’, जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख सुदर्शन पन्थीले भने ।

Source link