Banner News

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई नेकपाले ज्ञापनपत्र बुझायो

By admin

October 09, 2018

असोज २३, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको निकट काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चले काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई ज्ञापनपत्र बुझाएको छ।

राजधानीको फुटपाथका व्यापारीलाई उचित व्यवस्थापन गर्न माग गर्दै पार्टी निकट सम्पर्क मञ्चले मेयर शाक्यलाई ज्ञापनपत्र बुझाएको हो।

मञ्चले फुटपाथ व्यापारीको व्यवस्थापनसँगै सडको फोहोरको व्यवस्थापन, सडक विस्तार द्रुत गतिमा अगाडि बढाउन र काठमाडौंलाई धुलो धुँवा मुक्त बनाउन माग गरेको छ।

‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टी निकट मञ्चले सोमबार शाक्यलाई ज्ञापनपत्र बुझाएको हो।

Source link