लेखनाथ सिटि हस्पिटलमा ग्लोबल आइएमई बैंकका ग्राहकलार्इ २५ प्रतिशत छुट

By purnakhabar

October 09, 2018

२३ असाेज, काठमाडाैं । ग्लोबल आइएमई र लेखनाथ सिटि हस्पिटलबीच हस्पीटलको सेवा प्रयोग गर्दा बैंकका ग्राहकहरुलाई छुट दिने सम्झौता भएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड र पोखरा महानगरपालिका-२६, बुढीबजार, कास्कीमा रहेको लेखनाथ सिटी हस्पिटल प्रालि बीचमा बैंकका डेविट कार्ड, क्रेडिट कार्ड, प्रिभिलेज कार्ड होल्डर, बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले सो हस्पिटलमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट दिने सम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका गण्डकी प्रदेश प्रमुख अजय थापाको उपस्थितिमा बेगनास शाखाको शाखा प्रबन्धक दिनेश अधिकारी र लेखनाथ सिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक सुजन रानाभाटले हस्ताक्षर गरे ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न योजनाहरु ल्याइरहेको छ ।

 

अनलाइन खबरबाट