कैलालीको चाडपर्व सुरक्षाः गौरीफन्टामा संयुक्त सहायता कक्ष

By purnakhabar

October 09, 2018

२३ असोज, कैलाली । भारतबाट रोजगारी गरेर स्वदेश फर्केका नेपालीलाई सहयोग गर्ने उद्देश्यले नेपाल–भारत सीमा नाका गौरीफन्टामा संयुक्त सहायता कक्षको स्थापना गरिएको छ ।

नेपाल सशस्त्र प्रहरी बल –एएफपी) र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त सहायता कक्ष स्थापना गरिएको सशस्त्र प्रहरी बल कैलाली ३४ नम्बर गण तत्कालीन सीमा सुरक्षा कार्यालय कैलालीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णुप्रसाद भट्टले जानकारी दिए ।

उनले कोही नेपाली सीमामा लुटिए अथवा कसैले अनाहकमा दुःख दिए तत्काल सहयोग गर्न नेपाल–भारत संयुक्त सहायता कक्ष स्थापना गरिएको बताए ।

भारतमा रोजगारी गरेर दशैं मनाउन फर्कने नेपालीहरुको संख्या पर्व नजिकिएसँगै बढ्दै गएको छ । अघिल्ला वर्षहरुमा सीमा नाकामा नेपालीहरुले निकै दुःख पाउने गरेका भए पनि यस वर्ष त्यस्तो नभएको नेपालीहरु बताउँछन् ।

अनलाइन खबरबाट