२२ असोज, बाँके । दशैंमा मात्रै होइन यहाँका बासिन्दा किनमेलका लागि सधैंभरी रुपैडिहा जाने गर्छन् । रुपैडिहाका पसलमा नेपाली ग्राहकको खुट्टा राख्ने ठाउँ हुँदैन । यहाँका व्यापारी भने झिँगा धपाएर बस्नुपर्छ । नेपालगञ्ज सदरलाइनमा जुत्ता चप्पलको व्यापार गर्दै आएकी मिरा सिलवालको गुनासो हो यो ।