टिपर खस्दा एक जनाको मृत्यु, चालक र सहचालक घाइते

By purnakhabar

October 07, 2018

२१ असोज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-६ घिच्चेमा ढुङ्गा लिएर जलविरे आउँदै गरेको टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बा ४ ख३३३१ नम्बरको टिपर सडक छेउ भासिएर सडकबाट दुइ सय मिटर तल घेलुङ खोलामा खसेर दुर्घटना भएको डीएसपी विमलराज कँडेलले जानकारी दिए ।

दुर्घटनामा टिपर मा सवार बलेफी गाउँपालिका -१ बस्ने ६० वर्षका मोहन श्रेष्ठको मृत्यु भएको हो । टिपर चालक बाह्रविसे नगरपालिका ७ का रमेश श्रेष्ठ र सहचालक पाँचखाल नगरपालिका-५ का प्रवीण बानियाँ गम्भीर घाइते भएका छन् ।

उनीहरुलाई उपचारको लागि काभ्रेको धुलिखेल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

अनलाइन खबरबाट