काठमाडौं । वेस मोर्गनले तीन खेलमा दोस्रो रातो कार्ड पाउँदा लिसेस्टर सिटीले इभर्टनसँग हार व्यहोरेको छ ।
प्रिमियर लिगमा शनिबार भएको खेलमा इभर्टनले १० खेलाडीमा सिमित लिसेस्टरलाई २-१ ले हराएको हो ।
लिसेस्टरको घरेलु मैदानमा भएको खेलमा इभर्टनले सातौं मिनेटमा नै रिचर्लिसनको गोलबाट अग्रता लिएको थियो । तर, ४० औं मिनेटमा घरेलु टोलीका रिकार्डो परेराले गोल गर्दै पहिलो हाफ १-१ को बराबरीमा सकियो ।
खेलको ६३ औं मिनेटमा मोर्गनले रातो कार्ड पाए । उनले इभर्टनका रिचर्लिसनलाई फउल गरेका थिए । मोर्गन तेस्रो खेलमा दोस्रो रातो कार्ड पाएका हुन् ।
खेलको ७७ औं मिनेटमा जेफी सिगुड्सनले गोल गर्दै इभर्टनलाई महत्वूर्ण जित दिलाएका छन् ।