कार्डिफमाथि टोटनहृयामको संघर्षपूर्ण जित

By purnakhabar

October 06, 2018

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहृयामले कार्डिफमाथि संघर्षपूर्ण जित निकालेको छ ।

शनिबार भएको खेलमा टोटनहृयामले १० खेलाडीमा सिमित कार्डिफलाई १-० गोल अन्तरले हराएको हो । उसका लागि आठौं मिनेटमा एरिक डियरले गोल गरे ।

कार्डिफले भने दोस्रो हाफको अधिकांश समय १० खेलाडीको भरमा खेल्नु परेको थियो । उसका जोए रोल्सले ५८ औं मिनेटमा रातो कार्ड पाएका थिए ।

जितपछि टोटनहृयाम ८ खेलबाट १८ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने जितविहीन कार्डिफ २ अंकका साथमा तालिकाको पुछारमा छ ।

अनलाइन खबरबाट