प्रहरी वृत्त, बौद्धका प्रमुख डिएसपी राई घुससहित पक्राउ

By purnakhabar

October 06, 2018

२० असोज, काठमाडौं । महानगरीय प्रहरी वत्त, बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामकुमार राई घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शनिबार उनलाई पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरिएको आयोगका सहसचिव रामेश्वर दंगालले पुष्टि गरे । यद्यपि, कति रकमसहित पक्राउ गरिएको हो भन्ने बारेमा विवरण आइनसकेको उनले बताए ।

अनलाइन खबरबाट