Banner News

मितेरी समाज युएईको अध्यक्षमा प्रदिप पुन

By admin

October 06, 2018

असोज २०, युएई । ‘सेवानै धर्म हो’ भन्ने मूल उदेश्यका साथ् मितेरी समाज युएईको दोस्रो महाधिवेशन सम्पन भएको छ । फुड एण्ड फन रेस्टुरेन्ट अल ऐनमा सुक्रवार सम्पन्न भएको हो ।

उक्त महाधिवेशनद्वारा प्रदिप पुन मगर समाजको अध्यक्षमा सर्वसम्मत निर्बाचित भएका छन् ।

त्यसैगरी बरिष्ठ उपाध्यक्षमा दिव्या सुब्बा, उपाध्यक्षमा चन्द्र बहादुर राणा मगर, महासचिवमा तारा रिजाल, सचिवमा धना क्षेत्री, कोषाध्यक्षमा सुरेश चन्द्र बर्तोला, सहकोषाध्यक्षमा राकेश चौधरी निर्बाचित भएका छन् ।

सदस्यहरुमा निर्मला बज्राचार्य, असिम भन्डारी, लक्षमण बि सी, भोम गुरुङ, सारदा बगाले, सोम श्रीस मगर, शिव बि. क., राम कुमार बुढा मगर, लोक नेपाली, गोविन्द शाही, सङीता मोक्तान, बल बहादुर रजान मगर, वेद रिमाल, सोम बहादुर पुन, माया योन्जन, बीना तामङ, शान्ता श्रेष्ठ, सागर परियार निर्बाचित भएका छन् ।

कार्यवाहक अध्यक्ष प्रदिप पुनको सभापतित्व रहेको कार्यक्रमलाई ईश्वर गुरुङले सन्चालन गरेेेका थिए भने कार्यक्रमका प्रमुख अतिथिमा सँस्थाका सह-संरक्षक मोहन बुढाथोकी रहेका थिए ।

युएईमा क्रियाशिल सबै सामाजिक संस्थाका प्रतिनिधिहरुको उत्साहजनक उपस्थिति संगै नयाँ कार्यसमितिलाई शुभकामना मन्तब्य दिने कार्य भएको थियो ।

स्थापनाकाल देखि नै समाज सेवाका लागि अग्रणि भुमिका निर्वाह गर्दै आएको मितेरी समाजले युएईमा क्षेत्रिय समिति गठन गरेको छ।

यस संस्थाका संरक्षक प्रेम रिजालको नेतृत्वमा मितेरी समाजलाई बिश्व बिस्तार अभियान अन्तर्गत नेपाल र कतार लगायतका देशहरुमा शाखा विस्तार भइसकेको छ । ‘सेवा नै धर्म हो’ भन्ने मूल नारामा देश विदेशबाट नेपालीहरु गोलबन्द भैरहेका छन् ।

Source link