मुलपानीमा मध्यराति प्रहरीको ‘जुवा’ अपरेशन, भाग्दा दुई जनाको मृत्यु

By purnakhabar

October 06, 2018

२० असोज, काठमाडौं । काठमाडौंको मुलपानीमा जुवाडेमाथि प्रहरीले चलाएको अपरेशनका क्रममा भागदौड हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सरोज घले र सानुलाल तामाङ छन् ।

गोप्य सूचनाको आधारमा काठमााडौं प्रहरी परिसरबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) होमेन्द्र बोगटीको नेतृत्वमा खटिएको टोली जुवा खेलाइराखिएको घरमा पुग्ने वित्तिकै भागाभाग भएको थियो ।

‘३ तले घरमा भित्र छिर्ने वित्तिकै एउटा चेन गेट रहेछ । त्यहाँ प्रहरीले चाबी खोलेर भित्र जान खोज्दा जुवाडेले हाम्रो टोली आएको चाल पाए’, परिसरका प्रमुख एसएसपी वसन्त लामाले अनलाइनखबरसँग भने, ‘त्यसपछि त्यहाँ भागाभाग भएको थियो । त्यही क्रममा तेस्रो तलबाट हामफाल्दा दुई जनाको मृत्यु भएको हो ।’

घर बाहिर रहेको प्रहरी टोलीले दुई जना व्यक्तिले हामफालेको चाल पाएलगत्तै उनीहरुलाई प्रहरीको भ्यानमा हस्पिटलसम्म लगिएको थियो । तर, ग्वार्कोस्थित विएण्डबी हस्पिटलमा उपचारको क्रममा राति नै उनीहरुको मृत्यु भयो ।

अनलाइन खबरबाट