ब्रा र पेन्टी चोर्ने विवाहित युवक पक्राउ

By purnakhabar

October 05, 2018

१९ असोज, काठमाडौं । चोरले के–के चोर्लान् ? जवाफ हुन्छ– नगद, गरगहनालगायत बहुमुल्य सामग्री । तर, झापामा एक व्यक्ति अनौठो प्रकारको चोरीमा पक्राउ परेका छन् ।

सदरमुकाम भद्रपुरमा महिला तथा युवतीका ब्रा र पेन्टी अत्याधिक चोरी हुन थालेको गुनासो आएपछि वडा प्रहरी कार्यालय, भद्रपुरले अनुसन्धान थाल्यो । त्यस क्रममा प्रहरीले भद्रपुर–४, मन्त्रीचोकका २५ वर्षीय युवकलाई पक्राउ गर्‍यो ।

ब्रा र पेन्टी चोरेरे भाग्दाभाग्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

‘रंगेहात पक्राउ गरेको भए पनि सुरुमा पत्याउन गाह्रो भइरहेको थियो’, प्रहरी निरीक्षक प्रकाश जबेगुले भने, ‘त्यसपछि हामीले उनलाई कार्यालयमा ल्याएर केरकार गर्‍यौं ।’

उनको बयान सुनेर सबै आश्चर्य चकित भएका थिए । विवाहित ती युवकले विगत लामो समयदेखि ब्रा र पेन्टी चोर्दै आएको स्वीकार गरेका छन् ।

उनले सुघेँर आनन्द लिनका लागि ब्रा र पेन्टी चोरी गरेको गरेको बयान दिएको एक प्रहरी अधिकारीले बताए । ती अधिकारीका अनुसार लागूऔषधको लत जस्तै उनलाई पनि ब्रा र पेन्टी सुघ्ने लत लागेको रहेछ ।

अनौठो किसिमको चोरीमा संलग्न राजवंशीलाई के कारबाही गर्ने भन्ने बारेमा समेत प्रहरी अन्यौलमा पर्‍यो । त्यसपछि ‘आइन्दा यस्तो काम नगर्ने’ सर्तमा उनलाई छोडिएको छ ।

अनलाइन खबरबाट