काठमाडौंमा दिउँसै चोरी हुन थालेपछि सादा पोशाकका प्रहरी सक्रिय, ३१ पक्राउ (सूचीसहित)

By purnakhabar

October 04, 2018

१८ असोज, काठमाडौं । उपत्यकाको भित्री क्षेत्रहरुमा दिउँसै चोरी हुन थालेपछि महानगरीय अपराध अनुसन्धान महाशाखाले विशेष अभियान थालेको छ ।

चाडपर्व समेत नजिक रहेको वेलामा चोरीका घटना वृद्धि भएपछि त्यस्ता घटना न्यूनिकरणका लागि प्रहरी परिसर, काठमाडौंसँग समन्वय गरेर ३१ जनालाई पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार डाका, लुटपाट, सहकारी चोरी, चेन स्न्याचिङ लगायतका घटनामा संलग्नहरुलाई अभियानै सञ्चालन गरी पक्राउ गरिएको छ ।

उनका अनुसार चाडपर्व चोरी नियन्त्रण सुरक्षा योजना अनुरुप पाकेटमारी, लुटपाट, सिक्री तथा सुनका गरगहना तान्ने, ठगी लगायतका घटनामा संलग्नलाई धमाधम पक्राउ गरी अनुसन्धान थालिएको छ ।

ती घटनाहरुको न्यूनिकरणका लागि भिडभाड हुने स्थानहरु बसपार्क, बैंक तथा वित्तिय संस्था, व्यापारिक प्रतिष्ठान, सार्वजनिक सवारीसाधान लगायतमा सादा पोशाकमा विशेष प्रहरी टोली पनि परिचालित भएको महाशाखाका डिएसपी सन्तोष खड्का बताउँछन् ।

को को पक्राउ परे ?

अनलाइन खबरबाट