१० मिनेटमै सकियो प्रदेश २ को प्रदेशसभा बैठक

By purnakhabar

October 04, 2018

१८ असोज, जनकपुरधाम । झन्डै एक महिनापछि बिहीबार प्रदेश २ को प्रदेश सभा बैठक बसेको छ ।

बिहीबार बसेको प्रदेशसभा बैठकमा दुईवटा विधेयक टेबल भएका छन् । मुख्यमन्त्री लालबाबु राउतको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बैठकमा दुई  विधेयक प्रस्तुत गरेका हुन् ।

मन्त्री यादवले गाउँसभा तथा नगरसभाको कानून निर्माण प्रक्रिया सम्बन्धी बनेको विधेयक र सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्ना सम्बन्धी बनेको विधेयक प्रदेश सभामा टेबल गरेका हुन् ।

भदौ १६ गते पछि झण्डै एक महिनाको अन्तरलमा बिहीबार बसेको प्रदेश सभा बैठक १० मिनेटमा सकिएको थियो । अर्को बैठक भोलि (शुक्रबार) ११ बजे बोलाइएको छ ।

अनलाइन खबरबाट