जब रेफ्रीले हेडिङ गोल गरे …

By purnakhabar

October 04, 2018

१८ असोज, काठमाडौं । फुटबलमा रेफ्रीले गरेको हेडिङ गोलले धेरैलाई अचम्ममा पारेको छ । रसियाको एलएफएल ड्यागेस्टनको दोस्रो चरणको किज डीडी र मनासबीचको खेलमा रेफ्री ले नै हेडिङ गोल गरेका हुन् ।

रेफ्रीले त्यस्तो गोल जानीजानी गरेका भने थिएनन् । मनासले खेलको ४३ औं मिनेटमा पेनाल्टी पाएको थियो । जसमा अलि जापारोभले प्रहार गरेको पेनाल्टी किजका गोलकिपरले बचाएका थिए, उनले रोकेको बल रेफ्रीको टाउकोमा ठोकिएर गोल भएको थियो ।

गोलको विरुद्ध किजका खेलाडीले विरोध जनाए पनि रेफ्रीलाई लागेको बल ‘प्ले अन’ हुने भएकाले उक्त गोल मनासको खेलाडीकै नाममा दिइएको थियो । खेल ४-४ को बराबरीमा सकिएको थियो ।

रेफ्रीले गरेको उक्त गोलको भिडियो अहिले भाइरल बनेको छ ।

हेर्नुहोस् भिडियो [youtube https://www.youtube.com/watch?v=OlymrUawxGk]

अनलाइन खबरबाट