म्यानचेस्टरका कप्तानले आफ्नै प्रशिक्षकलाई गाली गरेको पोस्ट लाइक गरेपछि …

By purnakhabar

October 03, 2018

काठमाडौं । प्रशिक्षक जोसे माउरिन्होलाई बर्खास्त गर्न अपील गरिएको एउटा इन्टाग्राम पोष्टलाई म्यानचेस्टर युनाइटेडै कप्तान एन्टोनिओ भ्यालेन्सियाले लाइक गरेपछि तरंग फैलियो । केही घन्टापछि उनले ‘भुलवस पोस्ट लाइक गर्न पुगेको’ भन्दै माफी मागेका छन् ।

प्रशिक्षक र कप्तानबीच दुरी बढिरहेको चर्चाबीच ३३ वर्षीय भ्यालेन्सीयाले मंगलबार टिममा फर्कँदै च्याम्पियन्स लिगमा भ्यालेन्सीयाविरुद्ध ०-० को बराबरी खेलेका थिए ।

खेलपछि उनले उनले आफ्नै तस्वीर राखिएको एउटा पोष्ट लाइक गर्न पुगे, जसको क्याप्सन लेखिएको थियो, ‘अब माउरिन्होको जाने बेला भयो ।’

तर, टेक्स्ट नपढी भुलवस पोस्ट लाइक गरेको भन्दै उनले माफी मागेका हुन् । ‘यो मेरो विचार होइन र यसका लागि माफी चाहन्छु,’ भ्यालेन्सियाले भने, ‘म प्रशिक्षक र आफ्नो टिमको पूर्ण समर्थनमा छु ।’

२००९ मा विगानबाट म्यानचेस्टर युनाइटेडमा आएका भ्यालेन्सियाले पछिल्ला दुई खेल खेलेका थिएनन् ।

अनलाइन खबरबाट