चिकित्सातर्फको नोबल पुरस्कार अमेरिकी र जापानी चिकित्सकलाई

By purnakhabar

October 01, 2018

१५ असोज, काठमाडौं । यस वर्षको चिकित्सातर्फको नोबल पुरस्कार क्यान्सर उपचारमा सक्रिय दुई चिकित्सकले संयुक्त रुपमा पाएका छन् ।

सन् २०१८ को चिकित्सातर्फको नोबल पुरस्कार जेम्स पी एलिसन र तासुकु होञ्जोलाई दिइएको हो ।

उनीहरुले क्यान्सर थेरापीमा पत्ता लगाएको नयाँ उपचार पद्धतिका लागि नोबल पुरस्कार दिइएको हो ।  एलिसन अमेरिकाको युनिभर्सिटी अफ टेक्सस एमडी एन्डरसन क्यान्सर सेन्टरका प्राध्यापक हुन् भने होन्जो जापानको क्योटो युनिभर्सिटीका पूर्व फ्याकल्टी डिन हुन् ।

अनलाइन खबरबाट