गौचन हत्याका योजनाकारलाई मुस्ताङ कारागार लगियो

By purnakhabar

October 01, 2018

१५ असोज, काठमाडौं । गुन्डा नाइके समिरमानसिंह बस्न्यातलाई मुस्ताङ कारागार सरुवा गरिएको छ ।

कर्तव्य ज्यान र संगठित अपराध मुद्दामा ललितपुरस्थित नख्खु कारागारमा रहेका उनलाई सोमबार बिहान मुस्ताङ लगिएको हो ।

कारागारका जेलर जीवन दुलालले अनलाइनखबरसँग कुरा गर्दै बिहान पानै ९ बजे बुद्ध एयरको फ्लाइटमार्फत उनलाई मुस्ताङ पठाइएको बताए ।

उनलाई सरुवा गरिनुको कारणबारे आफूलाई थाहा नभएको बताउँदै उनले भने, ‘प्रशासनको आदेशमा उनलाई पठाइएको हो ।’

बस्न्यातको योजनामा राजधानीमा नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचन गोली हानी हत्या भएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ३२ वर्षीय बस्न्यात भारतमा पक्राउ गरी १७ मंसिर ०७४ मा सार्वजनिक गरेको थियो । त्यसबेला ब्यूरोले बस्न्यातको एउटा अडियो सार्वजनिक गरेको थियो, जसमा समीरमानले गौचनको हत्या आफ्नो योननामा भएको स्वीकारका थिए ।

अनलाइन खबरबाट