ओपो एफनाइन स्टारी पर्पल अक्टोबर पहिलो साता सार्वजनिक गरिने

By purnakhabar

September 28, 2018

१२ असाेज, काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले एफनाइन स्टारी पर्पल नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । पछिल्लो महिना सनराइज रेड र ट्वाइलाइट ब्ल्यूमा सार्वजनिक गरेको ओपोले अक्टोबर महिनाको पहिलो साताभित्रै आकर्षक स्टारी पर्पल रंगमा फोन सार्वजनिक गर्ने घोषणा गरेको हो ।

सार्वजनिकको तयारीमा रहेको फोनका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘उपभोक्ताका आवश्यकता र चाहना हाम्रा लागि ओपोमा सदैव प्राथमिकताको विषय हो ।”ओपो एफनाइन सार्वजनिक समारोहमा एफनाइन स्टारी पर्पलको घोषणा गरेदेखि नै फोन चर्चाको विषयका रुपमा रहँदै आएको थियो । सो समयदेखि नै उपभोक्ताहरु निकै उत्साहपूर्वक फोनको प्रतिक्षामा रहेका छन् ।ओपो एफनाइन स्टारी पर्पल अक्टोबरको पहिलो साता सार्वजनिक हुने घोषणा गर्न पाउँदा हामी निकै खुशी तथा उत्साहित छौँ ।’

अनलाइन खबरबाट