कतार एयरवेजले पायाे एपेक्स्-२०१९ प्यासेन्जर च्वाइस अर्वाड

By purnakhabar

September 28, 2018

१२ असाेज, काठमाडौं । कतार एयरवेज एयरलाइन प्यासेन्जर एक्सपेरियन्स  एसोसिएशन (एपेक्स्) २०१९ प्यासेन्जर च्वाइस अर्वाड्स (पिसिए) को दुईवटा अर्वाडबाट सम्मानित भएको छ ।

एयरलाइनले संसारका लगभग ५०० भन्दा बढी एयरलाइन्सका यात्रुहरुको प्रतिक्रियाका आधारमा ‘सर्वोत्कृष्ट खाना एवं पेय पदार्थ’ तथा ‘सर्वोत्कृष्ट क्याबिन सेवा’ उपाधि हात पार्न सफल भएकाे हाे ।

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले भने, ‘२०१९ एपेक्स् प्यासेन्जर च्वाइस अर्वाड्समा दुई पुरस्कार हात पार्नु अत्यन्तै सन्तोषजनक अनुभव हो । यी सम्मानहरुले हामीसँग यात्रा गर्ने प्रत्येक यात्रुको लागि उडान सेवालाई निरन्तर रुपमा सुधार्ने हाम्रो प्रतिबद्धता दर्शाउँछ । हामी यात्रुहरुको अनुभवलाई नयाँ परिभाषा दिलाउने एवं यस उद्योगमा नयाँ स्तरको स्थापना गर्ने हाम्रो प्रयास जारी राख्नेछौँ ।”

२४ सेप्टेम्बरमा बोस्टनमा आयोजित एपेक्स् अर्वाड्स समारोहमा एयरलाइन्स क्षेत्रका पाँच हजार भन्दा बढी व्यक्तित्व तथा सय भन्दा बढी एयरलाइन्स्का प्रतिनिििधहरुको उपस्थिति  थियो ।

अनलाइन खबरबाट