दशैंको सुपथ पसल: घ्युमा ५० रुपैयाँ छुट, अरुमा कति ? (सूचीसहित)

By purnakhabar

September 28, 2018

१२ असोज, काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गरेर आजदेखि सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ । सिंहदरबारस्थित एकिकृत सुपथ मूल्यको पसलको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उद्घाटन गरे । विगत वर्षहरुमा दशैं–तिहारलगायत चाडपर्वलाई लक्षित गरेर यस्ता पसलहरु सञ्चालन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले यस वर्ष पनि त्यसलाई निरन्तरता दिएको हो ।

सुपथ मूल्य पसल सञ्चालनको नेतृत्व गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपत्यकासहित देशका विभिन्न ४७ स्थानमा यस्ता सुपथ मूल्यका पसल स्थापना गरिएको जानकारी दिएको छ ।

विभागका अनुसार आजदेखि खुल्ने सुपथ मूल्य पसल कात्तिक २३ सम्म सञ्चालन हुनेछ ।

सिंहदरबारको एकिकृत सुपथ मूल्यको पसलबाहेक पनि नेपाल खाद्य संस्थान (डिडिसी), साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थान, विभागमा दर्ता भएका सहकारीले आ–आफ्नै तरिकाले त्यस्ता सुपथ मूल्य पसल सञ्चालन गर्नेछन् ।

विभागमा सूचिकरण भएर खुद्रा विक्रेता तथा किराना पसलले पनि सुपथ मूल्यको पसल चलाउन सक्नेछन् । त्यस्ता विक्रेतालाई खाद्य संस्थान, साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङले आफ्ना उत्पादनमा छुट र कमिसन दिनेछन् ।

साल्ट ट्रेडिङले उपत्यकाभित्र ९ स्थानमा स्टल र तीन घुम्ती पसल सञ्चालन गर्दैछ । उपत्यका बाहिरका आफ्ना २४ डीपो तथा कार्यालयबाट पनि उसले सामान बिक्री गर्ने प्रबन्ध मिलाएको छ । खाद्यले उपत्यकाका पाँच र देशभर रहेका आफ्ना सञ्जालहरुबाट खाद्य सामग्री वितरण गर्नेछ ।  विगत वर्षहरुमा खसी तथा च्यांग्रा बिक्री गर्ने गरेको खाद्यले यस वर्ष पनि त्यसलाई निरन्तरता दिनेछ ।

खसीबोकाको बिक्री भने घटस्थापनाबाट मात्रै शुरु हुने खाद्य संस्थानले जनाएको छ । दुग्ध विकास संस्थानले पनि आफ्ना उत्पादनहरुमा छुटको व्यवस्था गरेको छ ।

कुन सामानमा कति छुट ?

खाद्य संस्था, दुग्ध विकास संस्थान, साल्ट्र ट्रेडिङ, नेशनल ट्रेडिङले आफ्ना उत्पादनमा केही छुट दिएर लाभ लिन उपभोक्तालाई आह्वान गरेका छन् । सुपथ मूल्यको पसलमा उपलब्ध हुने विभिन्न सामानमा विद्यमान मूल्यमा ५ देखि १० रुपैयाँ छुट दिइएको छ ।

हेर्नुहोस् मूल्य सूचीः

 

 

 

 

अनलाइन खबरबाट