समाचार

इरानः सैन्य परेडमाथि हमला, थुप्रै हताहत

By purnakhabar

September 22, 2018

बीबीसीइरानको दक्षिण पश्चिम शहर अहवाजमा सैन्य परेडको क्रममा बन्दुकधारीले गोली चलाएका छन् ।सरकारी मिडियाले उक्त हमलामा थुप्रै हताहत भएको जानकारी दिएको छ ।रिपोर्ट अनुसार जहाँ परेड भइरहेको थियो, हमलाकर्ताले उनीहरुलाई नजिकैको पार्कबाट गोली चलाए । हमलाकर्ता सैनिक पोशाकमा भएको बताइन्छ ।घटनास्थलका सार्वजनिक भएका तस्बिरमा उद्दारकर्मीले घाइते सैनिकलाई सुरक्षित स्थानतर्फ लैजादैं गरेको देख्न सकिन्छ ।सरकारी मिडियाका अनुसार गोलीबारी करिब १० मिनेटसम्म चल्यो तर अब स्थिती नियन्त्रणमा छ । राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्