Banner News

क्रान्तिकारी पत्रकार संगठन नेपालको पदाधिकारी टोलिले भेट्यो निर्मला पन्त परिवारलाई

By admin

September 22, 2018

असोज ६, शनिबार । बलत्कार पछि हत्या गरिएकि कञ्चनपुर भिमद्त नगरपालिका २ कि १३ बर्षिय वालिका निर्मला पन्तको परिवार संग अाज क्रान्तिकारी पत्रकार संगठन नेपालको केन्द्रीय टोली र मानवअधिकार सहितको टोलिले भेटघाट गरेको छ ।

क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय अध्यक्ष प्रकाश डुम्रे सहितको टोलिले शनिबार निर्मला पन्तको परिवारलाई भेट गरेको हो।

भेटघाटमा क्रममा पन्तकि अामा दुर्गादेवि पन्तले न्यायको अाश मरेको भन्दै दुख व्यक्त गरेकी छिन ।

पन्तले सरकारले मानसिक असन्तुलन गुमाएको व्यक्ति लाई नक्कली अभियुक्त बनाएर बास्तबिक पिडकलाई जोगाएको भन्दै सरकार सगँ न्यायको अाश मरेको बताइन ।

प्रधानमन्त्री, गृहमन्त्री लगाएत सगँ भेटघाटको क्रममा न्यायको अाश्वसन दिएको भए पनि प्रधानमन्त्रीले मेयरको घरमा लाश राखेको जस्तो गलत अभिब्यक्ति दिनुका साथै प्रहरीको ब्यवहारले सरकार सग न्यायको अाश मरेकोले अाफु न्यायको पर्खाइमा रहेको बताइन ।

क्रान्तिकारी पत्रकार सगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले राज्यले न्याय दिन नसक्नु दुखद रहेको बताए । उनले यस प्रकारको जघन्य अपराधमा राज्यले देखाएको कार्यशैलीले नै जनतामा न्यायको अाश मरेको बताए ।

क्रान्तिकारी पत्रकार संगठन नेपालले निर्मला पन्तको न्यायका लागि मिडिया मार्फत खबरदारी गरिरहेको र राज्य द्वारा न्याय नदिलाउदा सम्म निरन्तर खबरदारी गरिरहने समेत डुम्रेले बताए ।

भेटघाटमा सगठनका महासचिव हिम बिष्ट, सचिव सिर्जना तिमिल्सिना, कोषाध्यक्ष जानकि चौधरी लगाएतको टोलि पन्तको घरमा पुगेको थियो ।

Source link