तिम्रो मनले कसरी स्विकारयो संसदीय प्रणाली निर्दोष गरिबलाई सहिद बनाइ कुर्सी किन रोज्यौ ?
भनेको पूरा गर्न नसक्नेले, ढ्यांग्रो ठोक्यौ समाजमा, छुवाछुत नानाभाती यथावतै अझैसम्म राख्यौ !
हेर्दै जाउ तिम्रो कालखन्ड तराजुमा जोखिदैछ, भन अहिलेसम्म संबिधानमा के के लेख्यौ ?
शहिदको रगतमा व्यापार गरेर आज समस्या यथवतै राखी आफ्नो मात्र स्वार्थ देख्यौ !
१७ हजार ले बलिदान दिँदा, के सम्झौता गरयौ कुन्नि, सुबिधा युक्त सवारी र घुम्ने कुर्सी बाहेक अरु के देख्यौ ?