Banner News

संबिधान

By admin

September 19, 2018

पुरानो राजा हटेको संबिधान हो यो नयाँ महाराजा अटेको संबिधान हो यो

के खुसमा दिवस मान्ने निर्धन वर्गलाई अन्यायले शिर टटेको संबिधान हो यो

नदिनाला भरी बिभिन्न बहाना बनाउदै बिदेशमा बेच्न खटेको संबिधान हो यो

शान्ति समृद्धिको भ्रम फैलाएर देशमा सेतो आतंकमा डटेको संबिधान हो यो

आमा, छोरी, चेलीको रक्षा गर्न नसक्दा नैतिकता झनै घटेको संबिधान हो यो

सहिदका सपना बिस्तारवादलाई बेचेर प्रति- क्रान्तिमा सटेको संबिधान हो यो

 

Source link