Banner News

३८ क्वीन्टल सुनकाण्ड: एसपी खनाललाई छाड्न अदालतको आदेश

असोज २, मोरङ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई छाड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, मोरङले मंगलबार उनलाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । न्यायधिश नगेन्द्रलाल कर्ण र थिरबहादुर कार्कीको इजलासले उनलार्इ छाड्ने आदेश दिएको अदालतले जनाएको छ ।

साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्याबारे अनुसन्धान गर्न गठित उच्च स्तरीय समितिले गरेको अनुसन्धानका क्रममा सुन तस्करीको विवरणसहितको रजिष्टर बरामद गरेको थियो, जहाँ ४२१ पटक विभिन्न परिणाममा सुन तस्करी भएको खुलेको थियो ।

मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’को नेतृत्वमा साढे ४ वर्षमा झण्डै ३८ क्वीन्टल सुन तस्करी भएको निष्कर्ष समेत निकालिएको थियो । त्यसक्रममा रजिष्टरको एउटा पन्नामा एसपी खनालले दुई पटक गरेर ५० लाख रुपैयाँ लिएको भेटिएको थियो ।।

प्रकरणमा मुछिएका एसएसपी दिवेश लोहनी र डिएसपी प्रजित केसीलार्इ यसअघि नै अदालतले छाड्ने आदेश दिइसकेको छ ।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *