Banner News

रोल्पा सुकिदहका स्थानीय २ युवा प्रहरीद्वारा पक्राउ

By admin

September 18, 2018

असोज २ रोल्पा । रोल्पा सुकिदह ३ का स्थानीय २ युवालाई प्रहरीले गिरफ्तार गरेर लागेको छ । प्रहरीको गिरफ्तार पर्नेहरु सालिक पुन र रेशम ओली रहेका छन् । रेशम ओली भर्खरै विदेशबाट फर्किएको बताइएको छ ।

स्थानीय युवाहरुलाई नाउलीबाट गिरफ्तार गरिको जनाइएको छ । उनिहरुलाई गिरफ्तार गरेर लिएपछि उनका परिवारहरु आतंकित भएको रोल्पा जनसरकार प्रमुख तथा सुकीदह गाउँपालिका इन्चार्ज लाल बहादुर ओलीले बताए।

आफुलाई गिरफ्तार गर्न आएको प्रहरीले दुई युवालाई बिप्लवको कार्यकर्ता भएको आशंकामा पक्राउ गरेको लाल बहादुर ओलीले पोष्टपाटीलाई बताए।

उक्त प्रहरी टोलि सुकिदह गाउँपालीकाका प्रमुख बिर बहादुर खत्री संगै घर्तिगाउँबाट नाउली पुगेको स्थानीयले बताएका छन्।निर्दोष युवाहरुलाई प्रहरीले प्रकाउ गरि लगेपछी संकटकाल जस्तै सिङ्गो सुकिदह त्रसित बनेको स्थानीयले बताए ।

नेपाल कम्युनिष्ट पार्टी ‘विप्लब’का रोल्पा जनसरकार प्रमुख लाल बहादुर ओलीलाई खोज्दै प्रहरीले आज बिहान घर घेराउ गरेको थियो। ओलीलाई नभेटेपछी रित्तो हात फर्किएको थियो।

विप्लव नेकपाको प्रभाव रहेको उक्त क्षेत्रलाई प्रहरीले बिशेष निगरानी बढाई रहेको बुझिन्छ। स्थानीय सरकार र जनप्रतिनिधिहरुको गतिविधि देखिनै स्थानीयहरु रुष्ट बनेका कारण त्यसको प्रत्यक्ष फाइदा विप्लव नेतृत्वको नेकपालाई पर्न गएको धेरैको अनुमान छ।

 

 

Source link