समाचार

साम्राज्ञी विदेश उड्दा रेनशा असन्तुष्ट

By purnakhabar

September 18, 2018

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह एकाएक चलचित्र रिलिजको अन्तिम क्षणमा अवार्डमा सहभागी हुने भन्दै जापान उडेपछि यसकी निर्देशक रेनशा वान्तवा राई असन्तुष्ट बनेकी छिन् । रेनशाले, साम्राज्ञीले प्रचारको अन्तिम समयमा जापान उड्ने निर्णय लिदा आफूहरुलाई प्रचारमा असहयोग भएको वुझेकी छिन् । यसैले पनि अहिले रेनशा साम्राज्ञीले यो निर्णय लिएकोमा आफू दुखी भएको बताइरहेकी छिन् ।

तर, पनि रेनशाले साम्राज्ञी विदेश गएपनि आफू र नायक धिरज मगर भएर प्रचारलाई अगाडि बढाएको बताएकी छिन् । रेनशा अहिले चलचित्र प्रचारका क्रममा धिरजलाई प्रमोशन गर्नमा व्यस्त छिन् ।

जापानमा आयोजना भएको ‘सूर्य इन्टरनेशनल अवार्ड’मा साम्राज्ञीलाई ‘सुर्य पपलुर नायिका’को अवार्ड दिइएको थियो । यो अवार्ड उनलाई दर्शकको भोटको आधारमा नभई आयोजकले दिएको हो ।

यसैले पनि साम्राज्ञी यो अवार्डका लागि विदेश तछाडमछाड गरेर जानुको औचित्य खासै नभएको वुझाई ‘इन्टु मिन्टु लण्डनमा’को टिमको छ । असोज ५ गतेबाट रिलिज हुन लागेको यो चलचित्रले अहिले राम्रो हाइप पाइरहेको छ ।

अनलाइन खबरबाट