समाचार

बोधी श्रवण धर्म संघद्वारा तपस्वी बम्जनको बचाऊ

By purnakhabar

September 17, 2018

१ असोज, काठमाडौं । बाराको जंगलमा तपस्या गरेर चर्चामा आएका रामबहादुर बम्जनमाथि लागेको बलात्कारको आरोप निराधार भएको भन्दै बोधी श्रवण धर्म संघले खण्डन गरेको छ ।

सोमबार सम्मेलन गर्दै संघले गुरुको बदनाम गर्ने प्रयास भएको बताएको छ । आफूमाथि बलात्कार भएको दाबी गर्ने आनी धर्मशील पालना गर्न नसकेर बाहिरिएको भन्दै संघले भनेको छ, ‘गुरु आश्रमबाट बाहिरनुपरेको पीडामा खेल्दै केही कुतत्वहरुले उहाँलाई हतियार बनाएर बलात्कार जस्तो जघन्य आरोप लगाउने कोशिस भएको छ ।’

पत्रकार सम्मेलनमा उपस्थित आनीका बुबाले पनि छोरीले लगाएको आरोप झुठो भएको दाबी गरे ।

अनलाइन खबरबाट