Banner News

गाई करणी आरोपमा एक युवक पक्राउ

By purnakhabar

August 09, 2018

श्रावण २४ ।  महिला वा केटिहरुलाई बलात्कार गरेको कुरा अहिल निकै चर्चामा रहेको अवस्थामा कैलालीको पुर्वी लम्की चुहा नगरमा भने एक युवकले गाईलाई नै बलात्कार गरेको घटना सञ्चारमाध्यमबाट चर्चामा आएको छ ।

ईलाका प्रहरी कार्यालय लम्कीका इन्स्पेक्टर सुरेन्द्र जोशीले दिएको जानकारी अनुसार जानकी गाउँपालिका ५ खरगुहारका बादिन्दा विकास चौधरी रातिको समयमा लम्की चुहा नगरपालिका २ मोतिपुरका पदम बहादुर बुढाको गोठमा गाईमा सामुन्ने नग्न अवस्थामा बुढाले देखेपछि गाई मालिक बुढा आफैले चौधरीलाई बिहिवार बिहान इप्रका लम्कीमा ल्याएका थिए ।

ईलाका प्रहरी कार्यालय लम्कीमा ल्याईएका गाई बलात्कार आरोपित चौधरीका बारे प्रहरीले थप अनुसन्धान अगाडी बढाए सङ्गै गाई मालिक बुढाले चौधरीलाई रक्सी खाएर आफ्नो गोठमा गएको भन्दै कुटपिट गरेर थुनेका थिए तर बुढा स्वयंले गाईको बलात्कार गरेको भन्ने कुरा खुलेर नभने पनि उनको कुराको सार भने गाईलाई बलात्कार गरिएको भन्ने थियो ।

बिहिवार जताततै चौधरीले गाई बलात्कार गर्न लागेको कुरा फैलिन थालेपछि बलात्कार आरोपित विकास चौधरीले त्यसको खन्डन गर्दै गाई फुकेको देखेर त्यसलाई बाध्नका निमित्त गोठमा गएको बताएको लम्कीका पत्रकार रमित पाण्डेले बताए ।

चौधरीले आफू नग्न भएको कुरा झुट्टा भएको बताएका हुन ।

इन्स्पेक्टर जोशीले भने, “केही सञ्चारमाध्यमले यो घटनालाई उल्टो बनाएर हल्ला फैलाईरहेको भन्ने सुने तर खास त्यो होईन। गौ मालिक बुढाले समेत खुलेर गाई बलात्कार भएको बताएका छैनन तर केही अनलाइन मिडियाले असत्य कुरा फैलाई रहेका छन ।” उनले गाई बलात्कार गरेको आरोपमा चौधरीलाई जिल्ला चलान नगरिएको स्पष्ट पार्दै रातिको समयमा रक्सी खाएर अर्काको गोठमा गै होहल्ला गरेको आरोपमा सार्वजनिक मुद्दाका आधारमा जिल्ला चलान गरिएको बताए ।

बुढाले साझ ठिक्क गरेर गोठमा बाधिएको गाई बिहान सधैं असन्तुलन अवस्थामा भेटिने, गाई बाधेको डोरि साझ हलुका भएपनि बिहान टाईट भएको भेटिने भएका कारण त्यही शंकाको आधारमा चौधरीलाई राती नै पक्राउ गरिएको भएता पनि चौधरीले गाई बलात्कार नै गरेको भनेर भन्न आफू सङ्ग कुनै प्रमाण नभएको इन्स्पेक्टर दाबी गरे ।

रक्सी खाएर गएको हुन सक्ने भन्दै सार्वजनिक मुद्दा दायर गरेर जिल्ला पठाईएको र थप अनुसन्धान जिल्लाले गर्ने उनले बताए ।